मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

पुरातत्व विभागद्वारा अनुगमन, मनमती मन्दिर यथास्थानमै राख्न निर्देशन

Thearaniko Times 1398+ समाचार ( )
१३ असार २०८०, बुधवार

मण्डन देउपुर/काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर– ७ स्थित् नगरपालिकाको नवनिर्मित भवन प्रांगणमा रहेको मनमती मन्दिर क्षेत्रमा पुरातत्व विभागको टोलीले अनुगमन गरेको छ। 

नगरपालिकाले प्रशासनिक भवन निर्माण गर्दा मनमती देवीको मन्दिर हटाएर पुरातात्विक वस्तुहरूसमेत नष्ट गर्न खोजेको जानकारी पाएपछि पुरातत्वविद्सहितको टोली बुधबार अनुगमन तथा अध्ययन गर्न पुगेको हो। 

टोलीले मन्दिरको मूर्ति प्राचीन रहेको भन्दै हाललाई मन्दिरको मूर्तिलाई यथास्थानमै राखेर संरक्षण गर्न निर्देशन दिएर फर्किएको छ । 

हनुमानढोका हेरचाह समितिका कार्यकारी प्रमुख सन्दीप खनाल, विभागका पुरातत्वविद् विष्णु पाठकलगायतको टोलीले अध्ययनका क्रममा नगरपालिकाले भवन निर्माण गर्दा जबर्जस्ती मन्दिर हटाएको पाइएको जानकारी दिनुभयो । 

नगरको प्रशासकीय भवन बनाउने क्रममा मन्दीर हटाउन केही समय अघिदेखि कोशिस गर्दै आएको भएपनि स्थानीयले सहमति नदिएपछि नगरपालिकाले प्रहरीको बलमा रातारात हटाएका थिए । 

एकतर्फी रूपमा स्थानीयलाई बल प्रयोग गरेर मनमति देवीको मन्दीर हटाएपछि स्थानीय प्रभुराम श्रेष्ठको नेतृत्वमा ७० जनाले पुरातत्व विभागलाई मनमति मन्दीर संरक्षणको अनुरोध गरेका थिए । 

मण्डनदेउपुर नगरपालिकाले एकतर्फी रुपमा बनाएको मन्दीर व्यवस्थापन समितिका अध्यक्ष राजु राईले आफ्नो सहमति नभएपनि नगरप्रमुखको कुनै पनि हालतमा मन्दीर हटाइ छाड्ने धम्कीका कारण समितिमा बसेको भएपनि मन्दीर सार्ने कुरामा आफु सहमत नभएको बताउनुभयो । क्षमापूजामा दनुवार समुदाय कोहीपनि सहभागी नभएको बताउँदै मनमति देवीले आफुलाई त्यहाँबाट हटाएमा अनिष्ट हुने भनेपछि सबैजना पछि हटेको राईले बताए । क्षमापूजाको सबै सामान जम्मा पारेको भएपनि पूजामा कोही सहभागि भएनन् र कसैले प्रसाद ग्रहण पनि गरेन –अध्यक्ष राइको भनाइ थियो । नगरपालिकाले क्षमापूजाको लागि भनेर १ लाख ५० हजार रकम निकासा गरेका थिए । खर्च गरेर बाँकी रहेको रकम बैकमा मौज्दात रहेको कोषाध्यक्ष पेमा दोमा शेर्पा राईले जानकारी दिनुभयो । मन्दीर व्यवस्थापन समितिले मन्दीर हटाउने कुनै निर्णय नगरेको जानकारी पनि अध्यक्ष राइले दिनुभयो ।

मनमती देवीको मन्दिर नगरपालिकाको निर्माणाधीन भवनको उत्तरपट्टि रहेको छ । नगरपालिकाले मन्दिर बाहिर सार्न भत्काएपछि स्थानीयवासीले विरोध गर्दै आएका छन् । 

स्थानीयवासीको धार्मिक आस्थाको केन्द्र मनमती देवीको मन्दिर सार्दा प्रहरी प्रशासनले बल प्रयोगसमेत गरेको स्थानीय संझना राइले बताए । उनका अनुसार स्थानीयवासीले विरोध गर्दागर्दै नगरपालिकाले जबर्जस्ती हटाएको थियो । 

यसमा रहेका मूर्तिहरू प्राचीन भएको स्थानीयवासीको दाबी छ । मन्दिरमा स्थानीयवासीले देवीको पूजाआजा गर्दै आएका छन् । 

मण्डनदेउपुर नगरपालिका– ७ का वडाध्यक्ष विष्णु पौडेलले मन्दिर हटाउन आफ्नो कुनै भूमिका नरहेको बताए । ‘म वडाध्यक्ष बन्नुअघि नै मन्दिर हटाउने निर्णय भएको रहेछ, उनले भने, ‘तर, स्थानीयले मलाई गाली गरिरहेका छन्, यो मन्दिर संरक्षणमा मैले पनि आवाज उठाइरहेको छु । 

विभागबाट अनुगमनमा पुगेका पुरातत्वविद् विष्णु पाठकले हाललाई मन्दिर रहेकै ठाउँमा देवीका मूर्तिहरू राख्न निर्देशन दिइएको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार