मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

राजनीति
सुरक्षाको लागि निर्वाचन प्रहरी भर्ना आजबाट सुरु, आवेदन दिनेको घुइचो

Thearaniko Times 1398+ समाचार ( )
२५ पौष २०८२, शुक्रबार

काठमाडौं। सरकारले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आजदेखि निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्नाका लागि दरखास्त प्रक्रिया सुरु गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि भर्ना खुला गरिएको हो।

प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभागको भर्ना तथा छनोट शाखाले सार्वजनिक सूचना जारी गर्दै कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी आवश्यक रहेको जनाएको छ।

सूचनाअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंबाट आजैदेखि आवेदन संकलन सुरु गरिएको छ। दरखास्त दिने म्याद आगामी माघ १ गतेसम्म तोकिएको छ। बिदाका दिनमा समेत आवेदन लिइने प्रहरीले जनाएको छ।

उम्मेदवारहरूले जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरका साथै देशभरका सबै जिल्ला प्रहरी कार्यालयमार्फत दरखास्त दिन सक्नेछन्।

छनोट प्रक्रियामा पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक तथा हालै विभिन्न सुरक्षा निकायको भर्नामा सहभागी भई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा सफल भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने जनाइएको छ।

यसका साथै अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरी सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्ति तथा विदेशी मुलुकका सुरक्षा निकायमा सेवा पूरा गरी फर्किएका नेपाली नागरिकलाई समेत प्राथमिकतामा राखिनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार