मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

कृषि, पशुपक्षी तथा मत्स्य क्षेत्र रुपान्तरण मार्गचित्र सार्वजनिक

Thearaniko Times 1369+ समाचार ( )
५ फाल्गुन २०७८, बिहीबार

मकवानपुर, ५ फागुन । बागमती प्रदेश, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘कृषि, पशुपक्षी तथा मत्स्य क्षेत्रको रुपान्तरण मार्गचित्र प्रतिवेदन’ सार्वजनिक गरेको छ ।

मन्त्रालयका प्रवक्ता तथा योजना तथा अनुगमन महाशाखा प्रमुख राजन ढकालले मार्गचित्र अन्तर्गत प्रदेश कृषि विकास विधेयक, २०७८ र प्रदेश पोल्ट्री विकास विधेयक, २०७८ बमोजिम प्रदेश पोल्ट्री विकास बोर्ड गठनको मस्यौदा तयारी गरिएको जानकारी दिएका छन् ।

प्रदेशमा प्रदेश बीउबिजन गुणस्तर केन्द्र स्थापना, अनुदान कार्यक्रमको प्रभावकारिता अध्ययन गर्नका लागि अध्ययन समितिकोसमेत गठन गरिएको पत्रकार सम्मेलनमा उनले बताए । 

त्यस्तै मत्स्य प्रवद्र्धन नीति, दुग्ध प्रवद्र्धन नीति, अनुदानग्राहीको आचारसंहिता, कृषक वर्गीकरण कार्यविधि, पशुपालनलाई थप व्यवस्थित बनाउन असल व्यवस्थापन अभ्यास मापदण्ड जस्ता नीतिका विषयमा छलफल भइरहेको बताउँदै प्रवक्ता ढकालले प्रदेशका रैथाने जातका बाली, रासायनिक मलबारे, माछापालन, पिपिआर खोप आभियान, एक वडा एक पशु स्वास्थ्य क्लिनिक स्थापनाका विषयमा काम भइरहेको उल्लेख गरे । 

अनुसन्धान तथा प्रविधि विस्तार, सुशासन प्रवद्र्धन, अनुगमन र मूल्याङ्कन, मार्गचित्रमा उल्लेख भएका सरकारका न्यूनतम साझा कार्यक्रमलाई अघि बढाउने कार्य भइरहेको ढकालले बताए ।

मन्त्रालयले बैमौसमी वर्षाका कारण धानबालीमा पुगेको क्षतिलाई कृषकलाई हिउँदमा लगाइने गहुँरतोरीको बीउ अनुदानस्वरुप प्रदान गरिएको पनि जानकारी दिए । मन्त्रालयले पशुमा लाग्ने पिपिआर रोगविरुद्ध सप्ताहव्यापीरुपमा खोप अभियान सञ्चालन गरेको छ । 

गत माघ २५ गतेदेखि फागुन २ गतेसम्म अभियान सञ्चालन गरी प्रदेशको ६९।७६ प्रतिशत भेडाबाख्रामा खोप लगाइएको हो । प्रदेशका १३ वटै जिल्लाको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र स्थानीय तहमा कार्यरत भेटेरिनरी डाक्टरमार्फत एकैसाथ खोप सेवा प्रदान गरिएको हो । 

सो अवधिमा ९८५ वटा खोपकेन्द्र र ४३२ भ्याक्सिनेटरमार्फत खोप सेवा प्रदान गरिएको हो । मन्त्रालयले खोप लगाउन उपयुक्त उमेरका आठ लाख ३० हजार १८७ भेडाबाख्रालाई सो खोप लगाउन सफल भएको हो । उक्त अभियानअन्तर्गत काभ्रेपलाञ्चोकका ९९ हजार १८२, ललितपुरका २७ हजार ५८७, काठमाडौँका ३१ हजार ५५७, भक्तपुरका छ हजार १८१, सिन्धुपाल्चोकका १५ हजार ९५२ भेडाबाख्रालाई खोप लगाइएको हो । 

त्यस्तै चितवनका ७१ हजार ४१८, मकवानपुरको एक लाख ६६ हजार ४२३, धादिङको ८३ हजार २७०, नुवाकोटको एक लाख २० हजार १९, रसुवाको २३ हजार १६५, सिन्धुलीको ४५ हजार ८२५ र रामेछापको ४४ हजार ६१० भेडाबाख्रालाई पनि खोप लगाइएको मन्त्रालयको तथ्याङ्क छ ।

साभार- हलाेखबर डटकम

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार