मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

आगामी निर्वाचनमा मतदाता सचेत हुनु जरुरी छ
आगामी निर्वाचनमा मतदाता सचेत हुनु जरुरी छ

Thearaniko Times 1369+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

दीपक जंगम

हामीले प्रत्येक पाँच वर्षमा निर्वाचनको अवसर पाएकोमा निर्वाचनमा मतदान गर्दा पार्टीको नामबाट मतदान गर्दा विवेक पु¥याउनु अत्यन्त जरुरी छ । राज्यमा निर्वाचन गराउने निर्वाचन आयोगको कार्यतालिका बमोजिम निर्वाचन गर्दा १८ वर्ष उमेर पुरा गरेका मतादाता नामावलीमा नाम दर्ता भएका मतादाले संघिय निर्वाचन र स्थानीय निर्वाचनमा आ–आफ्ना जनप्रतिनिधिलाई निर्वाचित गराउन आफ्नो विवेक प्रयोग गरेर असल उम्मेदवारलाई निर्वाचित गराउनु जनताको हक अधिकार तथा दायित्व पनि हो । निर्वाचनमा भाग लिएका मतदाताहरुको समस्याबारे निर्वाचित जनप्रतिनिधिहरु कति संवेदनशिल बने र जनताका हरेक समस्यामा कति कन्द्रित भई ऐन नियम तथा बजेट विनियोजन गरे ? त्यसको छुट्टै पाटो छ । निर्वाचनको माध्यमबाट निर्वाचित भए पछिका दिनहरु जनप्रतिनिधिहरुले कसरी बिताएका छन् ? हाम्रा निर्वाचित जनप्रतिनिधिहरु जनता प्रति कति जिम्मेवार भएर काम गरिरहेका छन् ? प्रत्येक मतदाताहरुको घर घरमा गएर खाएको कसम पुरा गरेका छन् कि छैनन् त्यो नियाल्नु जरुरी छ  हामी मतदाताहरुले । धेरै वर्ष भयो चुनावमा भोट मागेर जनतालाई सताएको धेरै वर्ष भयो जनतालाई गुमराहमा राखेको । आखिर हामीले जिताएर पठाएका जनप्रतिनिधिले साँच्चै जनताको लागि आत्मा साक्षी राखेर कति काम गरे ? प्रत्येक वर्ष आउने निर्वाचनमा जन प्रतिनिधि मतदाताको समस्या बुझे जस्तो गर्ने तर निर्वाचित भएपछि मतदातालाई गन्न छोड्ने प्रवृत्ति कहिले अन्त्य हुन्छ ?

प्रजातन्त्रको जननी हुँदै हामी आज गणतन्त्रका नागरिकहरु निकै शक्तिशाली हुनुपर्ने थियो । हाम्रा प्रत्येक समस्या राज्यले बुझ्नुपर्ने थियो । संघिय गणतन्त्रका हामी नेपालीहरु आज साँच्चै नै भाग्यमानी छौ त ? हाम्रा प्रत्येक आवश्यकता राज्यले पुरा गरेको छ त ? साँच्चै के.पी. ओललीले भने जस्तो समृद्ध नेपाल र सुखी नेपालीहरु भए त ? सोच्नुपर्ने आवश्यकता  छ । हिजो महाकाली नदी बेचिएको  कुरा एमालेलाई राम्रै थाहा छ । मदन भण्डारी मनमोहन अधिकारी जस्ता एमालेमा किन नेताहरु जन्मन सकेनन् ? किन जनतालाई वचन दिएर पुरा गर्न सक्तैनन् के.पी. ओलीले सपनाहरु ? नेपाली जनताले पटक – पटक बुझ्दै नबुझि मतदान गरेका कारण देश हाम्रै हातमा आउने नै हो । हामीलाई जनताले आँखा चिम्लेर मतदान गर्छन  केही फरक पर्दैन जनतालाई केही थाहा छैन पार्टीमा चाहे झोलेहरु हुन जसले जनतालाई झुक्याएर झुठा कुरा गरेर मत आफ्नो पक्षमा तान्ने नै छन् भन्ने आत्मविश्वास जगाएर पटक पटक सत्तामा पु¥याउने नै हुन् भन्ने ढुक्कमा छन् एमाले र कांग्रेसहरु । 

आज नेपाल हेरेर बस्नु बाहेक केही छैन । उद्योग कल कारखाना विदेशीको हातमा, कृषि उत्पादन छैन भएको उत्पादको मुल्य छैन । भारतीय बजार खुल्ला गरेर सरकारले चाकडी गरेर भारतीय सरकार रिझाउने गर्दा किसानहरु रुनु न हाँस्नु भएको छ । विदेश जाने युवा वर्गले स्वदेशमा काम गर्ने वातावरण सरकारले नदिएपछि लाम लागेर एअरपोर्ट कुर्नुको कुनै विकल्प छैन । यो देशको सरकार नेपाली जनताको भोटबाट निर्वाचित भएपनि विदेशी रिझाउने सरकारको कारण देश झन् झन् गरिब बन्दै गएको छ । चित्त बुझाउने ठाउँ कहाँ छ, हामी मतदातामा चेतना नआएसम्म पेन्सन पाकेका नेताहरुबाट देश बन्दै बन्दैन र पटक पटक तिनैले चुनाव जित्ने अवसर पाइरहनेछन् र देशलाई पातलमा पु¥याउने काम रोकिदैन । हामी मतदातामा राजनैतिक चेतना नभएसम्म चुनाव चिन्ह रुख र सूर्य मात्र हेरेर भोट दिने कि देशको अवस्था बारे पनि सोच्ने ? मतदाता मुर्ख भएपछि कसको के लाग्छ ? देश बेचेर खाने लाइसेन्स दिएर पठाएपछि पैसमा बिकेपछि हामीले विकास खोजेर कहाँ पाइन्छ ? पाँच पाँच वर्षमा आउने चुनावमा २०५० साल यता जन्मेका युवावर्गले पढ्ने पास गर्ने जागीर कसरी खाने भन्ने बाहेक देशको राजनीतिमा चासो राखेका छैनन् । सरकारले भविष्यमा नेतृत्व गर्नुपर्ने असल पात्र खोजेर देशको नक्सा कोरेर समग्र विकासमा ध्यान दिनुपर्ने युवा वर्ग यो देशमा बस्न नसक्ने र बस्न नचाहने वातावरण सृजना गर्न दलालहरुले सत्ताको बागडोर चलाए सम्म यो देशको अवस्थामा गुणात्मक प्रगति हुन सक्तैन । आज ३० वर्षको हाराहारीमा पुगेका युवा वर्गमा राजनीतिक चेतना खोइ ? यो देशमा राजनीति गर्न युवा पुस्ता तयार पार्नु पर्ने कि नपर्ने ?

कार्यकर्तालाई दलाल बनाउने, झोले बनाउने बाहेक तल बस्ने जनताको लागि के गरेको छ, पार्टीले ? नाम चलेका पार्टी र तिनीहरुका नेता कार्यकर्ताले मतदाताको दिमाग भुटेर चुनावमा अपराध कर्म गरी कमाएको पैसा खर्च गरेर चुनावमा भोट हाल्न लगाउने त्यसपछि जनतालाई पाँच वर्ष सम्म कपास पेले झै पेल्ने गर्दा देश अधोगतिमा झर्दै गएको हो । आज जनताको घर घरमा चुल्हो बल्न छोडिसक्यो । रोजगार विहिन छ देश उत्पादन न्यून छ, स्वास्थ्य, शिक्षा अचाक्ली महँगो छ । यो जिम्मा कसले लिने ? सरकार मौन छ । अचम्म मान्नु पर्दैन अब यो देशमा कुनै संकट आयो भने नेता विदेश भाग्ने नै हुन् परिवार सहित सबै झोले कार्यकर्तालाई परिवार सहित त लादैनन् होला यही देशमा त बस्नुपर्छ । कहिले चेत्छ हाम्रो कुहिएको दिमागले ?आज किन संघियता खारेजबारे राजनीतिक विचार नभएका धोक्रे नेताहरुबाट प्रचारवाजी गरिरहेका छन् ? यो संघियताको लागि घाटा होइन ? आज व्यवस्था विरुद्ध पटक पटक आवाज घन्केको छ, कसैको जवाफ  दिने हिम्मत छ ? एमाले, काँग्रेस र माओवादी केन्द्र सँग ? सरकार सञ्चालन गर्दा गरेको अपराध कर्मबाट जन्मिएका रक्तविजहरु आज संसदमा आवाज बुलन्द गरेर तर्साइरहेका छन् । जनतालाई निराशामा जिउँन बाध्य बनाउने नेतालाई किन पटक पटक आफ्नो अमुल्य मत दिन्छौं हामी चेत हराएका मुर्ख मतदाताहरु ।

आज राज्यका संवैधानिक अंग, अदालत, अख्तियार, प्रहरी प्रशासन सेवा प्रदायक कार्यालयहरु जनता प्रति कति जवाफदेशी छ ? पहुँच हराएका व्यक्ति कति आशावादी छन् राज्यबाट ? सरकारमा मौन बस्ने गैर कानूनी आय आर्जन गर्ने देशलाई घाटा, नोक्सान हुने गरी अपराध गर्ने नेता खोजेका हौं हामीले ? चुनावमा कहिले चेत्ने ? देशमा वैज्ञानिक, डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, सामाजिक अभियान्ता, विशेषज्ञता हासिल गरेका व्यक्तिहरु बुद्धिजिवी आज कुन ठाउँमा लुकेको छ ? खोइ किन देश बर्बाद हुन लाग्दा पनि बोल्न नसकेका होलान् ? जताततै विदेशी हस्तक्षेप भएतापनि यो देश किन मौन छ ? हाम्रो भोट देश लुट्नेलाई किन पटक पटक दिन्छौं हामी विवेकहीन मतदाताहरु ? संसाद बदल्ने शिक्षा पढेका विद्धान खोइ ? देशमा धेरै पटक प्रधानमन्त्री बनाएका पार्टी एमाले, काँग्रेस र माओवादी केन्द्रले गरेको देश विकासको खाका हेरेर अब मतदान गर्नु जरुरी छ । देशमा परिवर्तन आउन हामी जनतामा पनि मतदान गर्ने बेलामा चेतना परिवर्तन हुनुपर्दछ । अन्यथा देश बन्न सक्ने अवस्था छैन । पटक पटक निर्वाचनमा गलत गरेका कारण दुःख पाउने काम हामीले नै गरेका हौं । अब यो देश जोगाउने हो भने हामी मतदाताहरु चेतनशिल हुनु जरुरी छ । आगामी निर्वाचन भनेको देश जोगाउने कि देश बर्बाद गर्ने भन्ने विषय हो । आज प्रत्येक घर घरमा आगामी निर्वाचन र निर्वाचित पार्टी, पार्टीका नेता, तीनिहरुको काम बारे टोल टोलमा छलफल हुनु अत्यन्त जरुरी छ । हामी अब सचेत नबन्ने हो भने कहिले बन्ने ? देश बनाउने कार्य अब जनताले गर्नुपर्दछ । जनताले मतदान गर्दा विवेक पु¥याउने हो भने देशलाई अपराधी पार्टी चिनेर मात्र मतदान गर्नु जरुरी भइसकेको छ । विभिन्न बहानामा मतदातालाई लोभ्याएर झुठा आश्वसन देखाएर फेरी निर्वाचित गरायौं भने सोचे हुन्छ हामीलाई जनताको नामबाट जित्ने अपराधी पार्टीबाट अब केही हुने संकेत छैन । चुनावमा अब धेरै सोच्नु पर्दछ । मतदान गर्दा देश बनाउने नेता चुनौं । उखान बेचेर देश बन्दैन र देश जोगाउने नेतालाई आमाको मुहार हसिलो पार्ने पार्टीको विकल्प खोज्नुपर्दछ । जनताको मतबाट जितेर अमेरिका भारतको जुठो पुरोमा रमाउने पार्टी र तीनका कार्यकर्ताबाट अब देश बन्दैन भन्ने कुरा धुर्व सत्य छ । आगामी मिसन चौरासीको निर्वाचनको हामी मतदाताहरु विवेकशिल भएर मतदान गर्ने आज देखि सोच विचार गरेर तयारी हुनु जरुरी छ । 

लेखक अधिवक्ता हुनुहुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार