मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

प्रचण्ड, बाबुराम र किरणलाई सांसद श्रेष्ठको प्रश्न : एकजुट भएर बाँकी उपलब्धि प्राप्तिका लागि लड्ने कि आफू–आफू लडेर बस्ने ?
प्रचण्ड, बाबुराम र किरणलाई सांसद श्रेष्ठको प्रश्न : एकजुट भएर बाँकी उपलब्धि प्राप्तिका लागि लड्ने कि आफू–आफू लडेर बस्ने ?

Thearaniko Times 1369+ समाचार ( )
२० भाद्र २०८१, बिहीबार

काठमाडौं/नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सभाका सांसद गंगानारायण श्रेष्ठले जनयुद्धको क्रमममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जिम्मेवारी तत्कालिन नेतृत्वले लिनु पर्छ पर्दैन भनेर प्रश्न गरेका छन् । 

बिहीबार जनयुद्धका क्रममा २०६१ भाद्र २० गते सिहराको धन्छबारमा सहादत प्राप्त गरेका माओवादीका नेताद्वय शेरमान कुँवर(विशाल) र मोहनचन्द्र गौतम(कुमार)प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले तत्कालिन नेताहरुलाई प्रश्न गरेका हुन् । उनले जनयुद्धको क्रममा घाइते, अपाङ्गता भएका हजारौं हजार योद्धाहरूले उपचार नपाएर शारीरिक र मानसिक पीडा भोगिरहेका बताए । सहिद र वेपत्ता परिवारका सदस्यहरू न्यूनतम जीविकोपार्जनको व्यवस्था नहुँदा विदेश पलायन हुनु परिरहेको भन्दै उनले देश र जनताका लागि जीवन आहुति दिने सहिदहरूको पनि यथोचित सम्मान हुन नसकेको बताए । सांसद श्रेष्ठले तत्कालिन माओवादीका नेतृत्व तहका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य(किरण) र डा. बाबुराम भट्टराईलाई सम्बोधन गर्दै सबै समस्याहरुको जिम्मा लिनु पर्छ कि पर्दैन भनेर प्रश्न गरेका छन् । उनले  एकजुट भएर प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी उपलब्धि प्राप्तिका लागि लड्ने कि आफू–आफू लडेर बस्ने ? भनेर अर्को प्रश्न नेताहरुलाई तेस्र्याएका छन् । 

सांसद श्रेष्ठले सहिदहरु विशाल र कुमारलगायत हजारौं सहिदहरूका  सहादतबाट देशमा २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । उनले जनयुद्ध लडेका क्रान्तिकारी नेता, कार्यकर्ताहरू छिन्नभिन्न हुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्नसक्ने खतरा बढ्दै गइरहेको बताए । प्राप्त उपलब्धिको जगमा टेकेर मात्रै बाँकी उपलब्धि हासिल गर्न सम्भव भएको उनको भनाई छ ।

यसै सन्दर्भमा बागमती प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका श्रेष्ठले आफु मन्त्री छँदा सहिदहरूको सम्मान र सम्झनामा प्रदेशभर योजनाहरु पारेको जानकारी दिए ।  उनले ४१ किलोमिटर लामो डाँडी–खहरे–सहान–बखबर सडकलाई शेरमान मार्ग, ३७ किलोमिटर लामो पिपलभञ्ज्याङ–हायुटार–रामपुर सडकलाई मोहनचन्द्र मार्ग र सिलामे–बेल्टार–बडिमुहान सडकलाई टीका श्रेष्ठ मार्ग नामाकरण गरिएको बताए । सांसद श्रेष्ठले सिन्धुलीका विभिन्न स्थानहरूमा सहिद स्मृति शान्ति पार्क निर्माणका लागि १ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिए । 

त्यस्तै सहिद र बेपत्ता परिवार, घाइते अपाङ्गहरूलाई उत्पादनमा जोड्दै आत्मनिर्भर बनाउन ‘द्वन्द्वपीडित सवलीकरण कार्यक्रम’ सञ्चालन गरिएको बताए । त्यसैगरी युद्धमा अङ्ग गुमाएकाहरूलाई कृत्रिम अङ्ग प्रदान गर्न बजेट विनियोजन गरिएको र बागमती प्रदेशअन्तर्गत रहेका सहिद परिवारका एक–एक जना सदस्यलाई स्वास्थ्य बिमा कार्यक्रम राखिएको उनले उल्लेख गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार