मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

समाज/राजनीति
संरचनागत सुधारबिनाको निर्वाचन अस्वीकार्य : जेन्जी मुभमेन्टको चेतावनी

Thearaniko Times 1369+ समाचार ( )
१४ पौष २०८२, सोमबार

काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले गहिरो राजनीतिक तथा संरचनागत सुधार नगरी अघि बढाइने निर्वाचन प्रक्रिया अस्वीकार्य हुने स्पष्ट चेतावनी दिएको छ । आन्दोलनका क्रममा ७६ जना नागरिकको ज्यान गएको र तीन हजारभन्दा बढी व्यक्ति अङ्गभङ्ग वा गम्भीर घाइते भएको उल्लेख गर्दै मुभमेन्टले ती बलिदानलाई केवल निर्वाचन मिति सार्ने विषयसँग जोडेर हेर्न नहुने जनाएको छ ।

आन्दोलनका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा जनाइएको छ कि जेन्जी विद्रोह राज्यको कमजोर शासन प्रणाली, विकृत निर्वाचन संरचना, दण्डहीनता र जनविरोधी शासकीय अभ्यासविरुद्ध उठेको ऐतिहासिक प्रतिरोध थियो । वक्तव्यमा ती घटनालाई २०८४ मा तय गरिएको निर्वाचनलाई २०८२ मा सार्ने सीमित प्रयोजनसँग जोडेर बुझ्नु गलत हुने दाबी गरिएको छ ।

मुभमेन्टले संविधान पुनर्लेखन, शासकीय स्वरूप र निर्वाचन प्रणालीको आमूल परिवर्तन, सार्वजनिक संस्थाहरूको व्यापक पुनर्संरचना तथा आन्दोलनका क्रममा भएको दमनमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही हुनुपर्ने माग अघि सारेको छ । साथै, विगत तीन दशकदेखि देश दोहन गर्ने भ्रष्ट र लुटतन्त्रका मुख्य पात्रलाई न्यायको कठघरामा नल्याएसम्म निर्वाचनको नैतिक औचित्य नहुने भनिएको छ ।

यी आधारभूत राजनीतिक र संवैधानिक विषयलाई बेवास्ता गर्दै बलपूर्वक निर्वाचन प्रक्रिया अघि बढाइए त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी राज्यका सम्बन्धित निकायहरूले नै वहन गर्नुपर्ने चेतावनी वक्तव्यमा दिइएको छ ।

जेन्जी मुभमेन्ट नेपालले निर्वाचन आयोगका आयुक्त, पदाधिकारी तथा कर्मचारीहरूलाई जनअभिमतविपरीत कुनै पनि निर्णय लिँदा त्यसको सामूहिक मात्र नभई व्यक्तिगत उत्तरदायित्वसमेत रहने उल्लेख गरेको छ । त्यस्ता निर्णयहरू भविष्यका न्यायिक र राजनीतिक प्रक्रियामा गम्भीर रूपमा मूल्याङ्कन हुने पनि चेतावनी दिइएको छ ।

वक्तव्यमा जनताको सहमति, न्याय र संरचनागत रूपान्तरणबिनै निर्वाचन अघि बढाइए देशव्यापी शान्तिपूर्ण प्रतिरोधका कार्यक्रम सञ्चालन गरिने जनाउँदै त्यसबाट सिर्जना हुने राजनीतिक, सामाजिक र संस्थागत परिणामको जिम्मेवारी सम्बन्धित निकायहरूकै हुने स्पष्ट पारिएको छ ।

आज निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची पेश गर्ने अन्तिम दिन रहेको सन्दर्भमा उक्त चेतावनी सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार