मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

भ्रष्टाचारको विरुद्ध बनेपामा मसाल जुलुस

Thearaniko Times 1398+ समाचार ( )
१९ श्रावण २०८०, शुक्रबार

बनेपा/क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल काभ्रे जिल्लाको आयोजनामा काभ्रेको बनेपामा मसाल जुलुस प्रदर्शन सहित कोणसभा सम्पन्न भएको छ ।

काभ्रेको बनेपा विध्युत प्राधिकरणदेखि तीनधारा हुँदै रेडक्रस चोकसम्म  सयौँको सङ्ख्यामा रहेका नेता तथा कार्यकर्ताहरूले मसाल जुलुश सहित नाराबाजी गरेका थिए । मिटर ब्याजी, देशमा भएको चर्को महँगी, सुनकाण्ड, भ्रष्टाचार, भुटानी शरणार्थी मानव तस्करी, किसानको मलबिउ बजार समस्या लगायत एमसीसी खारेजी, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको समस्या समाधान गर्न माग गर्दै उक्त कार्यक्रम आयोजना गरिएको जिल्ला इन्चार्ज सोमान सिङ तामाङले जानकारी दिनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला संयोजक माधव गौतमले सरकारले जनताको अधिकार र राष्ट्रियता जनतन्त्रको लागि गम्भीर नबनेको रास्ट्रघाति mcc ,लगायतका जनघाती कामहरु को  सम्झौता तत्काल खारेज नगरे जनताहरु एक भयर  विद्रोहको मशाल बाल्न बाध्य हुने चेतावनी दिए ।

उक्त कार्यक्रमको सञ्चालन भने जिल्ला सह-संयोजक ढोग प्रसाद अधिकारिले गरेका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको जिल्ला कार्यकर्ता आम जनताहरूको उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार