गत वर्ष २०८० असार ४ गतेका दिन बामपन्धी शक्तिहरुलाई एकिकृत र एकताबद्ध गरी एउटै शक्तिशाली बलियो कम्युनिष्ट पार्टी बनाउने लक्ष्य सहित गठन भएको समाजवादी मोर्चा अहिले पुन ः सक्रिय हुन थालेको छ । समसामयिक समस्याको बारेमा मोर्चा सक्रिय हुनु भनेको भावी नेपालको लागि अति प्रभावकारी मान्न सकिन्छ । नेपालमा कम्युनिष्ट फुटि रहनु, कांग्रेस जुँधिरहनु, कम्युनिष्ट भित्र पनि पार्टी दर्ता गर्ने कम्युनिष्ट बाहेक जनताको घर घरमा गएर जनताको समस्या, जनताको दुःख पीर मर्कामा एकाकर हुन नसक्दा र सो अनुसार कम्युनिष्ट व्यवहार नहुँदा जनताले आज धेरै समस्यामा पिल्सनु परेको र दु ःखको दल दलमा भासिनु अस्वभाविक होइन । समाजवादी मोर्चामा भएका र हुन चाहने छुटेका कम्युनिष्ट पार्टी र तीनका नेताले अब कम्युनिष्ट एकता बाहेक नेपालको विकास र नेपालको संम्मृद्धि कल्पना गर्न सकिन्न । निर्वाचन आयोगमा पार्टी दर्ता गरेपछि निस्क्रिय भएर जनताको लागि शासन गर्न नचाहने पार्टी त जनताका लागि दर्ता हुन योग्य पार्टी होइन । नेपालमा दर्ता भएका कम्युनिष्ट पार्टी र तिनको नेतृत्व गरेका धेरै पार्टीका नेताहरुले धेरै दुः ख कष्ट भोगेर सिद्दान्त बुझेको अवस्थामा कदापी पार्टीलाई निस्क्रिय राख्नु हुदैन र जनताको विचमा जाने बाटो बन्द पनि गर्नु हुँदैन । आज झण्डै ७०% बामपन्थी मतलाई छिन्न भिन्न पारेर अवसरवादी बन्न लगाउने अरु कोही होइन, बामपन्थी नेताहरु नै हुन् । त्यसको जिम्मा बामपन्थी नेताहरुले नै लिनुपर्दछ ।
आज नेपाल किन दलदलमा फस्दै छ ? किन नेपालीले पलपलमा दुःख पाएका छन् ? क्षण क्षणमा रुनु परेको छ किन ? देशको अवस्था अत्यासलाग्दो र वित्यासलाग्दो भएको छ । यो कसले गर्दा भएको हो ? हिजो पञ्चायतले देश सक्यो भनेर राजाको विरुद्ध पञ्चायत कालमा लाग्ने इमान्दार कम्युनिष्ट नेता कुन दुलोमा बसेर तमासा हेरिरहेका छन् ? कम्युनिष्ट– कम्युनिष्ट स्वार्थको लागि मिल्ने होइन देश र जनताको लागि मिल्ने हो भने किन आज सम्म मिल्ने क्षमता नराखेको ? आँट राखेर जनताको लागि मिल्न र दलाल राज्य सत्ताको विरुद्वमा जाई लाग्न एउटै कम्यूनिष्ट एकताको ध्रुवीकरणमा किन ढिलाई ? जनताको लागि जनताले जनताद्वारा गरिने शासन व्यवस्थालाई अक्षुण राख्न अव ढिलाई किन गरेका हुन वामपन्थीहरुले ? नेपालमा आजको अवस्था सरकारको काम गर्ने तरिका, जनताको अवस्थाका वारे तत्काल कार्यनीति नल्याउने हो भने यो देशमा विदेशीको चलखेल वढी रहेन भारत तथा अमेरिकाको गिद्दे नजर पर्न छोड्ने छैन ।
छिमेकी देश श्रलिंकामा भर्खरै भएको राष्ट्रपतिको निर्वाचनमा पनि ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा अपार मत दिएर श्रीलंकाली जनताले श्रीलंकालाई आफ्नो भूमीमा रातामान्छेको भूमिमा परिणत गरिदिएका छन् । निर्वाचित राष्ट्रपति अनुराले झण्डै ५८ लाख मत ल्याएर श्रीलंकाको आमूल परिवर्तन गर्ने घोषणा गरेका छन् । चुनावी अभियानमा भष्ट्राचारको नाराले जनतालाई चित्त बुझाएपछि जनताले ठुलो परिणाममा मत दिएर विजयी गराएका हुन् । श्रीलंकामा भएको २०२२ को आन्दोलनमा जनताले साथ नदिएर तत्कालिन राष्ट्रपति गोटावाया राजापक्ष देश छोडेर गएपछि त्यहाँ श्रीलंकामा भएको निर्वाचन प्रथम राष्ट्रपतिको निर्वाचनमा श्रीलंकाले विश्व इतिहासमा एउटा कम्प्युनिष्ट नेतालाई राष्ट्रपतिको रुपमा पाएको छ । यिनै अनुरा कुमारा २०१९ मा निर्वाचनमा उठ्दा ३ प्रतिशत मत ल्याएका व्यक्ति आज किन राष्ट्रपतिमा निर्वाचित भए त ? उनले भष्ट्राचार र गरिबी निवारणका बारे सुधार ल्याउने प्रतिबद्धता ल्याएर चुनाव जितेका हुँदा जनताको लागि अब केही गर्नुपर्ने जरुरी पनि छ ।
नेपालमा पटक पटक आन्दोलन जनताले गरे बामपन्थीको रुपमा प्रचण्डलाई १२० सिट दिएकै हो । निर्वाचित प्रतिनिधिले जनहितको लागि काम गरेको भए आज नेपाल यो अवस्थामा पुग्थ्यो ? सोच्ने हिम्मत छ ? कसको कारणले पटक पटक दलालहरु सत्तारुढ युगको हेक्का र याद छ ? जनताको नाममा काम गर्ने कसम खाएर आज जनतालाई रुवाउने कस्ता नेता छानेका छौ हामीले ? कस्तालाई प्रधानमन्त्री बनाएर सिटमा राख्यौ हामीले ? दक्षिणपूर्वी एसिया राष्ट्र श्रीलंकाका राष्ट्रपतिको प्रत्यक्ष निर्वाचनको कारण जनताले राष्ट्रपति चुम्ने अवसर पाएको हो । श्रीलंकाको शहर शहर, चोक चोकमा, रातामान्छे, राता झण्डा। मार्कस, लेनिल माओेका तस्विर सहित गाजा बाजा सहित विजयी जुलुसले श्रलिंकालाई एक पटक शिखर चुम्न दिएको छ । श्रीलंकाले राष्ट्रपतिमा कम्युनिष्ट नेताले जितेपछि भारत तथा अमेरिका जस्ता देशले विभिन्न हत्कण्डा अपनाउन छोड्दैन भने पाइला पाइलामा कम्युनिष्ट फुटाउने, गैर पार्टीका नामबाट उचाल्ने, पछार्ने, आइ.एन.जि.ओ. को नाममा लोभ प्रलोभन देखाउँदैन भन्न सकिन्न । अब नेपालले पनि आजको परिवेश, सरकारको अवस्थाबाट भएका जनताका समस्यालाई समाधान गर्न समाजवादी मोर्चाको माध्यमबाट स्वार्र्थ त्यागेर अझै देशभक्त प्रजातन्त्रप्रेमी, विद्धान वर्ग, विज्ञ, विशेषज्ञता हासिल गरेका नागरिक समाज, बुद्धिजिवी वर्ग लगायत मजदुर, किसान, वर्गलाई उठाउने गरी अब चोक चोकमा आमसभा विरोधका कार्यहरु लगायत जनतालाई आजको दुषित पार्टी र दुषित राजनीतिमा नेतृत्व गर्ने अवसरवादी पार्टीका विरुद्ध आवाज उठाउन ढिला गर्नु हुँदैन अब यो देश दलाल भष्ट्राचारीले चलाउने होइन सामन्तले चलाउने होइन, ललिता निवास गिरीबन्धु टि, देशका उद्योगहरु बेच्ने दलालले चलाउने होइन । अब कम्युनिष्टका नेता अघि उठ्नुपर्दछ । विप्लव जी तपाईको हातमा ठेला, खेतीमा काम गरेको, फुटेका चर्केका हातहरु जनतासंग एकाकार गर्दै समाजवादी मोर्चामा विचार तथा सिद्दान्त मिल्ने पार्टीलाई एकै ठाउँमा राखि स्वार्थ त्यागेर जनताको लागि काम गर्ने अठोट गर्नुस्, माधव जी पनि अघि बढ्नु्स्, हातमा हात मिलाउनुहोस्, प्रचण्ड जी अब हिजो कुर्सीको सपना देखेर जनयुद्ध त लडेको होइन तर जंजालमा परि परिवारवादमा पर्दा झोलेहरुले तपाईलाई काम गर्न दिएनन् त्यो पिडा तपाईलाई नै थाहा होला अब तपाई पनि सच्चिनु पर्दछ, होइन भने भविष्य छैन है । आफु दलाली गर्ने, पैसा मात्र कमाउन खोज्ने पार्टी संगठनमा ध्यान नदिने र अब अवसरवादीलाई छाड्नु जरुरी छ । म मात्र नेता हो भन्ने भ्रमबाट आजै मुक्त बन्नुहोस् । तपाईलाई पनि सुरुमा सत्तामा छँदा गर्नुपर्ने काम बाँकी राख्दा भष्ट्रहरुको मनोबल बढेर अहिले तपाईलाई गन्न छाडेका छन् र राम्रा नेता पनि विभिन्न काण्डमा मुछिएर नेतामा मात्र होइन पार्टीमा पनि ठुलो भुकम्प गयो र त्यसको परिणाम निर्वाचनमा जनताले तपाईलाई देखाइ दिएका हुन् । पार्टीमा गुटबन्दी गर्ने अवसरवादी पन्छाएर पार्टीको माया गर्ने नेतालाई साथ दिनु जरुरी छ ।
भर्खरै समाजवादी मोर्चाबाट अबको देशको कार्यभार पुरा गर्नुपर्छ भनेर लाग्नु भएका नेता तथा पार्टीलाई धेरै धेरै शुभकामना छ । अब देशलाई अस्थिरतामा लाने काँग्रेस र एमाले नेता अनि कार्यकर्ता प्रति जनताले प्रतिकार गर्ने ठाउँ बनाइसकेका छन् भने कम्युनिष्ट नामधारी कम्युनिष्टको सिद्धान्तलाई उसिनेर खाएपछि एमाले खुइलिएको आलु जस्तै भएको छ । सडक सडकमा कार्यक्रममा मुर्दावादको नाराबाट अब उम्कन सक्ने अवस्था छैन । ओली प्रवृत्ति आफैमा ठिक त होइन नै त्यसको हु बहु सिको गर्ने धुन्धुकारी कार्यकर्ता पनि एमाले ठिक भन्दै हिडेका छन् । समाजवादी मोर्चा बेठिक र कम्युनिष्ट एकता हुँदैन भन्ने ओलीले ने.क.पा. एमाले पार्टीको नाम राख्न गल्ती गरेकै हो कि भोली पार्टीको नाम कम्युनिष्ट हटाए पनि एमालेका नेता कार्यकर्ता बोल्दैनन र बोल्ने आँट र क्षमता पनि छैन । किनकी क्षमता भएको भए पटक पटक सत्तामा जाने गल्ती गर्ने विभिन्न काण्ड गर्दा नबोल्ने कस्ता कार्यकर्ता ? यो देश जनताको देश हो नेताको मात्र देश होइन । जनताको मतलाई दुरुपयोग गर्ने पार्टी आज जरुरी छैन, जरुरी छ भने अब कम्युनिष्ट विचार भएका देशभक्तलाई एकाकार गर्दै समाजवादी मोर्चाको माध्यमबाट यो देशको नयाँ रेखा कोर्नु अत्यन्त जरुरी छ । समाजवादी मोर्चा वर्तमान नेपालको आवश्यकता हो । समाजवाद मोर्चाले जनताको मागलाई सम्बोधन गर्दै नेपाली विशेषताको समाजवाद ल्याउन जरुरी भइसकेको अवस्था छ भने नेपाली जनताले पटक पटक देश लुट्ने पार्टीलाई पहिचान गरी त्यसको विकल्पमा पार्टी रोज्नु जरुरी छ नै देश जुन पार्टीले विगारेको छ त्यसलाई होटल, सडक जताततै विरोध गरेर लखेट्नु जरुरी पनि छ । पटक पटक प्रधानमन्त्री बनाएको हो तर के दिए त ? नेपालीलाई महँगो शिक्षा दिएँ, बेरोजगार दिएँ, वैदेशिक रोजगार दिएँ, देशको उद्योग कलकारखाना विदेशीलाई बेचिदिएं, नदीनाला बेचिदिएँ अनि ःऋऋ दिए हामीलाई र अहिले अमेरिकन सेनाबाट नेपालमा गतिविधी गर्दा किन बोल्दैन ओली– देउवा सरकार ? किन बोल्दैन एमाले, काँग्रेसका कार्यकर्ता ? किन बोल्दैन प्रचण्डका हनुमानहरु ?
अब परिवर्तन जरुरी छ, मिसन चौरासीमा श्रीलंकाको जस्तै प्रत्यक्ष निर्वाचित राष्ट्रपति पाउन जन आन्दोलनबाट भष्ट्र सरकार नधपाएसम्म सम्भव छैन भने आन्दोलिन, अन्तरक्रिया लगायत जन संघर्षका माध्यमबाट देशलाई समाजवादी कित्तामा पु¥याउने सपना पुरा गर्नुपर्दछ । समाजवादी मोर्चाको माध्यमबाट त्यसको लागि सबैले एकाकार भएर समाजवादी मोर्चालाई बलियो बनाउन जरुरी छ । भष्ट्र सरकारको विकल्प, समाजवादी मोर्चा र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति विना देश बन्दैन अब ।
लेखक अधिवक्ता हुनुहुन्छ ।