मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

समाज/राजनीति
विशेष महाधिवेशनमा कांग्रेसका ५६ प्रतिशत प्रतिनिधि सहभागी

Thearaniko Times 1402+ समाचार ( )
२७ पौष २०८२, आइतबार

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आइतबार राति ९ बजेसम्म २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। पार्टीका अनुसार सो संख्याका प्रतिनिधिहरूले हालसम्म नाम दर्ता गराइसकेका छन्।

आइतबार उद्घाटन सत्र सम्पन्न भइसकेको छ भने महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखि सुरु हुने कार्यक्रम छ। नेता युवराज पाण्डेयले कुल प्रतिनिधिमध्ये ५६.१२ प्रतिशतको सहभागिता भइसकेको जानकारी दिए।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै प्रतिनिधि मधेश प्रदेशबाट ४४६ जना सहभागी भएका छन्। त्यसपछि बागमती प्रदेशबाट ४३२, कोशीबाट ४२५, लुम्बिनीबाट ३९८, गण्डकीबाट २९६, सुदूरपश्चिमबाट १५८ र कर्णाली प्रदेशबाट १३४ जना प्रतिनिधि सहभागी भएका छन्।

यस्तै, काठमाडौं उपत्यकाबाट १७८ जना प्रतिनिधि सहभागी हुँदा भ्रातृ संस्था, सुभेच्छुक तथा जनसम्पर्क समितिबाट १ सय ९५ जना महाधिवेशनमा सहभागी भएका छन्।

देशभर नेपाली कांग्रेसका कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेकामा हालसम्म २ हजार ६ सय ६२ जनाको उपस्थिति दर्ता भएको हो। नाम दर्ता गर्ने क्रम अझै जारी रहेको पार्टीका एक नेताले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार