मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

बनेपा-६ मा गोसाइँस्थान जीवनयोग प्रयोगशालाको उद्घाटन
बनेपा-६ मा गोसाइँस्थान जीवनयोग प्रयोगशालाको उद्घाटन

Thearaniko Times 1398+ समाचार ( )
११ मंगशिर २०८१, मङ्गलबार

बनेपा/बनेपा नगरपालिका - ६, बुडोलमा गोसाईंस्थान जीवनयोग प्रयोगशालाको एक कार्यक्रमबीच उद्घाटन भएको छ । बनेपा -६, बुडोलस्थित सुर्य दर्शन पार्टी प्यालेसमा असारदेखि शुरु भएको गोसाइँस्थान जीवनयोग प्रयोगशालाको आज बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहालले उद्घाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख दाहालले शारीरिक रुपमा स्वास्थ्य, मानसिक रुपमा शान्त र आद्यात्मिक रुपमा चेतनायुक्त भएर जिउने कला योग भएकोले योगलाई जीवनशैलीको रुपमा अपनाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले  योगको महत्व धेरै भएकाले योगलाई जीवन पद्धति बनाउनुपर्नेमा जोड दिँदै बद्लिदो जीवनशैली तथा खानपानका कारण मानिसहरुलाई स्वस्थ रहन योग अति आवश्यक रहेको बताउनुभयो ।

स्वस्थ रहनका लागि शारीरिक व्यायामका अन्य उपायभन्दा योग कैयौं गुणा फाइदाजनक रहेको अभ्यास र अनुसन्धानले नै देखाएकोले बनेपा नगरलाई योगमय नगर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । योग कुनै धर्म विशेषको नभई यो विज्ञान भएकोले योग सबैको जीवनमा उपयोगी हुने धारणा राख्दै योगमार्फत चित्त र मनलाई शुद्ध बनाएर नैतिकवान समाज निर्माण गर्न सकिने विचार उहाँले राख्नुभयो।

कार्यक्रममा बनेपा नगरपालिका-६ का वडाध्यक्ष सचितानन्द केसीले स्वास्थ्य मानिसको सबैभन्दा महत्वपुर्ण क्षेत्र भएकाले उक्त कुरालाई ध्यान दिँदै योग शिक्षाका लागि वडाले गर्नुपर्ने सहयोगमा कुनै कमी नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडाध्यक्ष केसीले अस्वस्थकर जीवनशैली बढ्दै गएको सन्दर्भमा हरेक नागरिकलाई योगमा जोड्न जरुरी रहेको बताउनुभयो। योग विज्ञान मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण भएको बताउँदै उहाँले स्वस्थ मनस्थिति, स्वस्थ विचार र शारीरिक तन्दुरुस्तीले मात्र सार्थक र सुन्दर जीवन बाँच्न सकिने विचार राख्नुभयो। स्वस्थ भए मात्र मानव क्रियाकलाप सही ढंगले अगाडि बढ्ने वडाध्यक्ष केसीको भनाई छ ।

कार्यक्रममा जीवन योग प्रयोगशालाका प्रशिक्षक तथा नेपाली कांग्रेसका नेता रामहरि श्रेष्ठले राजनीतिक नेताहरुलाई योगको आवश्यक रहेको बताउँदै नेताहरु शारिरिक मानसिक रुपले स्वस्थ भएमात्र जनताको सेवा गर्न सकिने विचार राख्नुभयो ।

गोसाइँस्थसन जीवन योग प्रयोगशाला बनेपा -६ का संयोजक कृष्णप्रसाद तिमल्सिनाको अध्यक्षता र जीवन विज्ञान परिषद् काभ्रेका अध्यक्ष राम गोपाल तिवारीको सञ्चालनमा सम्पन्न उद्घाटन समारोहमा विभिन्न व्यक्तित्वहरुले नियमित योग गर्नाले मधुमेह, कब्जियत, पाइल्स, उच्च रक्तचाप, दम, नसा च्यापिएको, मोटोपना, अनिद्रा लगायतका रोगहरु निदान हुने भएकोले योगको महत्व बुझाउँदै आम नागरिकलाई योग गर्न अभिप्रेरित गर्दै लानुपर्ने बताए। प्रशिक्षक सरु ढकाल दाहालले बनेपामा जीवन विज्ञान योग अन्तर्गत ५ वटा योग केन्द्र बिस्तार भएको जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार