मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

राजनीति
केपी ओली पुनः निर्वाचित हुनु अधिनायकवादको निरन्तरता हो : रक्षा बम

Thearaniko Times 1402+ समाचार ( )
३ पौष २०८२, बिहीबार

काठमाडौँ । जेनजी फ्रन्टकी संयोजक रक्षा बमले नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएको विषयलाई लिएर आलोचना गरेकी छन्।

बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बमले ओलीको पुनः निर्वाचित हुनुलाई पार्टीभित्र भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता र निरंकुश प्रवृत्तिको निरन्तरता भएको रूपमा व्याख्या गरेकी छन्। उनका अनुसार पार्टीभित्रको प्रक्रियाबाट निर्वाचित भए पनि ओलीलाई जनताबाट प्रत्यक्ष रूपमा अनुमोदन हुन अझै बाँकी छ।

बमले युवाहरूले भदौ २३ गते आफ्ना असन्तुष्टि र आवाज सार्वजनिक रूपमा व्यक्त गरिसकेको उल्लेख गर्दै अन्तिम निर्णय भने जनताले ब्यालेट बक्समार्फत गर्ने दाबी गरेकी छन्। उनले शक्तिशाली नेताहरूलाई वरिपरिका समर्थकहरूले जोगाइरहे पनि सचेत नागरिकहरूले त्यसविरुद्ध प्रश्न उठाइरहेको बताएकी छन्।

उनको भनाइमा, सत्ताको वरिपरि रहने समूहले गलत अभ्यासलाई पनि सही ठहर्‍याउने प्रयास गरिरहे तापनि समाजमा डर नमान्ने र सचेत वर्गले त्यसको विरोध गर्दै आएको छ। बमले अन्ततः जनताको मूल्यांकन र निर्णय नै निर्णायक हुने संकेत गरेकी छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार