मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

संघीय निर्वाचन/राजनीति
खानीखोलामा दिननाथ गौतमसँग अगुवा कार्यकर्ता भेटघाट तथा विस्तारित बैठक सम्पन्न

Thearaniko Times 1369+ समाचार ( )
२० माघ २०८२, सोमबार

जीवन घिसिङ

खानिखोला/काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका समितिको आयोजनामा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार दिननाथ गौतमसँग अगुवा कार्यकर्ता भेटघाट तथा विस्तारित बैठक सम्पन्न भएको छ।

माघ १९ गते खानीखोला गाउँपालिका–तालढुङ्गामा आयोजित उक्त कार्यक्रममा निर्वाचन परिचालन समितिको बैठकसमेत सम्पन्न गरिएको हो। कार्यक्रममा उम्मेदवार गौतमले विगतदेखि नै जनताको आवाज उठाउँदै आएको उल्लेख गर्दै आगामी निर्वाचनमा विजयी भए क्षेत्र नम्बर–१ भित्रका जनताको माग र आवश्यकतालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले अन्य पार्टीको तुलनामा नेपाली कम्युनिष्ट पार्टी फरक र जनमुखी ढंगले निर्वाचनमा सहभागी हुने पार्टी भएको दाबी गर्दै जनताको साथमा उभिने र बोलेका प्रतिबद्धतालाई व्यवहारमा उतार्ने पार्टी भएको बताउनुभयो। साथै उहाँले खानीखोला गाउँपालिका तथा प्रतिनिधि सभा क्षेत्र नम्बर–१ का सम्पूर्ण मतदातालाई नेपाली कम्युनिष्ट पार्टीलाई जिताइदिन हार्दिक अनुरोधसमेत गर्नुभयो।

कार्यक्रमका क्रममा उम्मेदवार टोलीलाई खानीखोला गाउँपालिका–७ स्थित मिल्चेको महांकालमा स्थानीयवासीले भव्य स्वागत गरेका थिए। त्यसैगरी वडा नम्बर–६ को माझिटार हुँदै तालढुङ्गा आइपुग्दा स्थानीय जनसमुदाय तथा कार्यकर्ताहरूले उत्साहपूर्ण स्वागत गरेका थिए।

बैठकमा आगामी निर्वाचनलाई लक्षित रणनीति, संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियानलाई प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको थियो। स्थानीय कार्यकर्ताहरूको उल्लेख्य सहभागिताले खानीखोला क्षेत्रमा पार्टीको संगठनात्मक शक्ति थप सुदृढ भएको नेताहरूले बताएका छन्।

उक्त कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक तथा केन्द्रीय सदस्य अक्कल बहादुर थिङ (महेश), सहसंयोजक मुकुन्द गौतम, बागमती प्रदेश सचिव इन्द्र बहादुर थिङ (छिन्ताङ), समानुपातिक उम्मेदवार मिना पाख्रीन, युवा नेता दैबलाल घिसिङ (अनुसिल), पालिका कमिटी अध्यक्ष अबिरल जिम्बा, बयान सिंह लामालगायत प्रदेश, जिल्ला, पालिका कमिटी तथा सातै वडाका जिम्मेवार नेताहरूको उपस्थिति रहेको थियो।

बैठकबाट तालढुङ्गामा ४५१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गर्दै कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार