मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

मिडियासँग आक्रोशित बने रवि लामिछाने

Thearaniko Times 1398+ समाचार ( )
२२ माघ २०७९, आइतबार

काठमाडौँ /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विभिन्न सञ्चारमाध्यमले आफूमाथि निरन्तर प्रहार गरेको आरोप लगाएका छन्।

आफूविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न केही सञ्चारमाध्यमले आफूविरुद्ध निरन्तर गलत शीर्षक राखेर आफूमाथि प्रहार गरेको उनको भनाइ थियो।

मिडियाले गलत भूमिका खेलेको दाबी गर्दै उनले त्यसको विरोध गरे। विश्व रेकर्ड राख्दा पनि नेपाली मिडियाले उचित स्थान नदिएको रविको गुनासो छ। 

उनले कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहिया, सेतोपाटी डटकमका प्रधानसम्पादक अमित ढकाल, अनलाइनखबर डटकमका प्रधानसम्पादक शिव गाउँले र अन्नपूर्ण पोष्टका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको नामै लिएर उनीहरुले आफूमाथि प्रहार गरेको आरोप लगाएका हुन्।

उनले देश मिडियाले नभइ नेताले चलाउने उनले बताए। साथै उनले चितवन–२ मा आफूसँग चुनाव लड्न मिडिया सञ्चालकहरुलाई चुनौती दिए।

उनले भने, ‘देश मिडियाले चलाउने होइन। नेताले चलाउने हो। पावर गेन गर्न मिडिया रिझाउनुपर्ने हो ?

उनले माइतीघरमा सम्भव सिरोहियाले गराएको दुर्घटना ढाकछोप गराइएको, रामेश्वर थापाबिरुद्धको मुद्दा गुपचुप पारिएको भन्दै मिडियाले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ देखाएको बताए।

उनले केही पत्रिका र अनलाइनको नाम लिँदै आफूविरुद्ध गलत समाचार लेखिएको खण्डमा घेर्न आउने बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार