मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

साहित्य र कला
चमेली गीतपछि चर्चामा ‘चमेली बा’

Thearaniko Times 1398+ समाचार ( )
१ पौष २०८२, मङ्गलबार

गणेश आचार्य

बेथान्चोक/काभ्रेको बेथान्चोक गाउँपालिका–१ निवासी गोबिन्द तिमल्सिना ५८ वर्षको उमेरमा मौलिक लोकदोहोरी गीत ‘चमेली’ सार्वजनिक भएपछि यतिबेला ‘चमेली बा’ का नामले परिचित भएका छन्।

गोबिन्द बा गाउँघरका मेला–पर्म, उकाली–ओराली, घाँस–दाउरा, वनपाखा, रत्यौली, पूजा–पाठ जताततै पुग्दा पनि मौलिक लोकदोहोरी भाका गुनगुनाइरहन्थे। गीत गाउनु र मादल बजाउनु उनको दैनिकी जस्तै थियो।

गाउँमा बिजुली बत्ती र इन्टरनेटको पहुँच पुगेपछि बेथान्चोककै युवा हेमलाल घिमिरेले केही महिना अघि गोबिन्द बाको गीतको एउटा टुक्का —

“चमेली धानको बालो लर्केझैँ लर्केर,

जहाँ पुगे नि आउ माया फर्केर”

बोलको भिडियो टिकटकमा अपलोड गरे। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै गोबिन्द बाको चर्चा सर्वत्र फैलिन थाल्यो।

हेमलालको त्यो सानो प्रयास, गोबिन्द बाको गीतप्रतिको गहिरो रस र मादलप्रतिको लगाव, साथै ग्रामीण भेगमा लुकेका वृद्ध प्रतिभाप्रति कलाकार तथा सर्जक राजेन्द्र भण्डारीको चासो र सम्मानले अन्ततः ‘चमेली’ बोलको लोकदोहोरी गीत रेकर्डिङको रूप लिन पुग्यो।

गीत निर्माणका लागि आवश्यक सम्पूर्ण सरसल्लाह फोनमार्फत गाउँमै समन्वय गरी गोबिन्द बा लाई बेथान्चोकबाट काठमाडौं बोलाएर रेकर्डिङ गरिएको थियो।

राजेन्द्र भण्डारीको शब्द, गोबिन्द तिमल्सिनाको संगीत र नारायण दंगालको संगीत संयोजनमा तयार भएको यस गीतमा गायिका प्रतिमा आर्याल र सरस्वती भण्डारीसँगै राजेन्द्र भण्डारी र गोबिन्द तिमल्सिनाको स्वर रहेको छ।

सार्वजनिक गरिएको ‘चमेली’ गीतको म्युजिक भिडियोको छायांकन तथा सम्पादन उमेश कार्कीले गरेका हुन्। ‘मेनुका डिजिटल’ युट्युब च्यानलमार्फत एक महिना अघि सार्वजनिक भएको यस गीतको म्युजिक भिडियोले हालसम्म ९० लाखभन्दा बढी दर्शक–श्रोताको मन जितिसकेको छ।

लोकसंस्कृतिमा ढिलो आए पनि गहिरो छाप छोड्न सफल गोबिन्द तिमल्सिना अर्थात् ‘चमेली बा’ यतिबेला मौलिक लोकदोहोरीको जीवित प्रतीकझैँ बनेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार