मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

देशलाई सु–शासन दिन नसक्ने काँग्रेस र एमालेको सरकार अब काम छैन
देशलाई सु–शासन दिन नसक्ने काँग्रेस र एमालेको सरकार अब काम छैन

Thearaniko Times 1369+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

 दीपक जंगम

  नेपाल आमाको काखमा जन्मने प्रत्येक सन्तानलाई यो देशको माया लाग्नुपर्दछ । नेपालमा जन्मेर नेपालको पानी खाएर नेपालको हित नगर्ने सन्तान, सन्तान होइन । नेपालमा जन्मेपछि नेपालको माया हुनुपर्दछ, नेपाल बनाउने काम सबै नेपालीको हो । यो देशमा खनिज पदार्थ, सगरमाथा, लुम्बिनी लगायत विभिन्न प्राकृतिक स्रोत साधन लाई सदुपयोग गर्न सकेमा देशलाई अलकापुरी नगरी सुन्दर बनाउन सकिन्थ्यो । हिजो पुर्खाले आर्जेको यो देश आज कस्तो अवस्थामा पुग्यो नेपालमा खनिज स्रोत साधन चिन्न नसकेर देशका जल, नदी नाला, पर्वत सुन्दर खनिजको पहिचान गर्न नसक्दा देश आज अर्काको भरमा चल्नु पर्ने अवस्था र्सिजना भएको छ । यो देश बनाउने जिम्मा लिएका पार्टी र नेताहरुबाट देश वन्ने छाँट हिजो देखि आज सम्म देखिएन र देशलाई दिन प्रतिदिन रसातालमा पु¥याउने काममा लाग्ने पार्टी र तिनबाट बनेका गन्हाएका सरकार वाट आज कति प्रतिशत लाई जनतालाई राहत पुग्यो ?

          देशमा पढे लेखेका, अनुभवि वैज्ञानिक, विद्वान वर्ग, डाक्टर, इन्जिनियर, मानव अधिकार कर्मी, कानुन व्यवसायी, प्रशासक,पत्रकार, दक्ष वर्गहरु को भूमिका सर सल्ललाह लिन नखोज्ने प्रत्येक पाँच÷पाँच वर्षमा जनतालाई ढाँटेर जनताको मतवाट निर्वाचित वनी जनतालाई नै दास बनाउने व्यवस्थामा बाँच्न विवश हामी नेपाली जनताको भविष्य कस्तो होला चिन्ताको विषय बनेको छ । आज छिमेकी देश भारत तथा चिन जनताप्रति उत्तरदायी भएकै कारण आर्थिक अवस्था धेरै राम्रो छ भने जनताले सुखका सास फेर्न पाएका छन् । जनता केन्द्रित शासन व्यवस्थाको कारण विश्वलाई चूनौती दिन सफल चिन र चिनियाँ जनता विश्वकै धनी राष्ट्रमा पर्न सफल भइसकेको छ । आज रुस तथा अमेरिकाको इसारामा युद्धमा तम्सने राष्ट्र युक्रेन बिच चलेको युद्ध २ वर्षको दौरानमा घुमिरहेको छ भने मध्यपूर्वमा चलेको युद्दबाट विश्वजगत त्रसित हुनुपर्ने अवस्था हाम्रो अगाडि आइसकेको हुँदा अब कसैले शान्तिको माला जप्दैमा गरीब, विपन्न कमजोर राष्ट्र र त्यहाँका जनताहरु पनि भोकमरी तथा आफ्नो देश भनेर बस्न पाइन्छ या पाइन्न भन्ने चिन्तामा रुमलिइरहनु परेको अवस्था   छ । 

नेपाल आमाको कोखबाट जन्मेको सपुत छोराले समातेको पार्टी र त्यसबाट दिक्षीत प्रशिक्षीत कार्यकर्ताले किन यो देशलाई जोगाउन चाहेका छैनन् ? दुई चार जना नेताले देश अब हामी अर्कैलाई बेचेर त्यसबाट आएको फाइदाले हामी विदेशीको दास बन्छौ भनी तमसुकमा सहीछाप गर भनेपनि लुरुक्क परेर सहीछाप गरिदिने कार्यकर्ताको कारण देश सकिदैछ होस् गर्नु जरुरी छ । यहाँ सेना, प्रहरी प्रशासन लगायत ठुलो पदमा आसिन व्यक्ति भएपनि त्यसमा रहने गरीबका छोराछोरी नै छन् अधिकाँश, तर किन नेताले देशमा गद्दार गर्दा पनि हामी चुप लाग्नु परेको छ ? तेस्रो विश्वयुद्धको चपेटामा नेपाल पर्दैन भन्ने छैन । साम्राज्यवाद फैलाउने अमेरिकाको ःऋऋ पसेर जथाभावि गर्दा अमेरिकी सेना प्रवेश गर्दा हाम्रा पहाडबाट बहुमुल्य खनिज उत्खनन गर्न खोज्दा मौन स्वीकृती दिदा किन बौल्दैन कोही पनि ? उच्च पदका व्यक्ति चाहे सेना चाहे प्रहरी चाहे डक्टर इन्जिनियर धनीमानी भष्ट्राचार गरेर अकुत सम्पत्ति कालो धन थुपारेका हिजोका राजपरिवार, प्रशासक, एमाले, काँग्रेस, माओवादीका उच्च पदस्त व्यक्तिहरु विदेश भागे भने हामी गरीबका छोराछोरी कहाँ गएर बस्ने ? हामी स्वत ः मृत्युवरण गर्नुपर्ने अवस्थामा पुग्नुपर्नेछ । हाम्रो भविष्यको सुनिश्चितता कसले गर्ने, यहाँको सरकार को बाट परिचालित र सञ्चालित छ ? देशको माया नगर्ने विदेशीको बुइ चढ्ने र उनीहरुकै योजनामा देशलाई निमिट्यान्न पार्ने यी पार्टी तथा नेताबाट देश बन्दैन, यो निश्चित छ । देश बनाउने भन्दा देश सक्ने पार्टी तथा सरकार आज च्यापेर बसेका छौ हामी चेत हराएका मतदाताहरु ।

देशमा दश आठ जना विदेशी उद्योगपति जोगाउने नेपाली अर्थतन्त्रबाट टाट पल्टाउने कलुषित योजना मुताबिक आज अरबौं रुपैया विद्युतको वक्यौता तिर्नु नपर्ने गलत व्याख्या गरेर संसदमा संसदीय समितिका सभापति लगायत २÷४ जना विदेशीको जुठो पुरोमा रमाउने व्यक्तिहरु किन उद्योगीहरुको पक्षमा वकालत गरिरहेको छ ? लोड सेडिङको समयमा डेकिकेटेड फिडर र ट्रंक लाइनबाट प्रयोग गरेको विद्युतको रकम तिर्नुपर्छ भनी अदालतबाट भएका फैसला विगतमा भएका  सरकारी आयोग, लेखा समिति तथा मन्त्रीपरिषद् बाँकी वक्यौता असुल गर्नुपर्ने निर्णय विपरित किन लाग्दैछन् ओली सरकार ? ओली उद्योगपतिका प्रधानमन्त्री मात्र होइन समग्र देशका प्रधानमन्त्री   हुन् । विभिन्न काण्ड काण्डमा मुछिएका अपराधीका फाइलहरु खोल्दा जेलको हावा खानुपर्ला भन्ने पीरबार भ्रष्टचारको हदम्याद ५ वर्ष राख्नुपर्ने भन्ने भष्ट्राचार ऐनको संसोधन प्रस्तावबाट टिकापुर गिरी बन्धु टि स्टेट लगायत विभिन्न कालखण्डमा भएका अपराध र अपराधी जोगाउनको लागि नै हो । हिजो बांगलादेशमा सेख हसिनाको सत्ता उन्मादले गर्दा त्यहाँको सेनाको आशमा आरक्षण आन्दोलन दबाउन सक्छु भन्ने गलत बुझाईको कारण देश छोडेर प्रधानमन्त्री भाग्नुपर्ने अवस्था  आयो । यो देश बनाउन बलभद्र कुवँर देखिको इतिहास छ । नेपालमा कसले कति अपराध गरेको छ को नेता र सरकारको को बाट सञ्चालित र परिचालित छ ? कुन सरकारको पालामा देशको नदीनाला भारतलाई बेचिएको छ ? भन्ने कुरा आज एक÷एक जनतालाई थाहा छ तर किन कोही एक शब्द बोल्दैन ? यो देश आज कुन अवस्थामा छ र भोली हाम्रा सन्ततिको भविष्य सुनिश्चित हुने छैन । यो देश अब एमाले, कांग्रेस, माओवादी, रा.प्र.पा. लगायत मधेशवादी दलबाट बन्ला त ? अहँ, अब यिनीहरुबाट हित हुँदैन । आज एक बोरा चामलमा रु. ४०० सम्म बढ्दा सडक सुनशान, विद्युत महशुल असुल्न खोज्दा कुलमान घिसिङको पक्षमा जनतामा किन चुप ? यो देश भष्ट्राचारी सरकार र पार्टीको मात्र हो ? पार्टीका नेताले देश विगार्न खोज्दा हामी पार्टीका झोलेहरु किन बोल्दैनौं । 

अब देशमा रोजगार छैन, कृषि क्षेत्रमा उत्पादन छैन । उद्योग कलकारखाना सञ्चालनमा  छैनन् । भएका उद्योग कलकारखाना काँग्रेसकै पालामा बिक्री भइसकेको अवस्था छ । शिक्षा, स्वास्थ्य अचाक्ली महँगो छ । देशको सरकारी अस्पताल वीर अस्पतालमा पाँच लाख रुपैया तिर्न नसक्दा उपचार नपाई मृत्युवरण गर्नुपरेको खबर भर्खरै जनता माझ नआएको होइन । यो देश कहाँ छ ? प्रधानमन्त्री कहाँ छन् ? यो देश पहुँचवाला र दलालहरुको मात्र हो की ? गरिब जनताले बिहान बेलुका एक छाक खाना र लाउन तथा छाक टार्नको लागि आज स्वदेशमा रोजगार छैन, देश कसरी बन्छ ? कसरी हुन्छ समृद्धि ? कसरी हुन्छ जनताको जीवनस्तर उँभो ? जवाफ छ ? काँग्रेस, एमाले सँग ?

जताततै हाहाकार सरकारी कार्यालय अदालत लगायत अन्य सरोकारवाला अस्तव्यस्त छ । पञ्चायतकाल बिर्साउने प्रजातन्त्र, लोकतन्त्र र वर्तमान गणतन्त्र ल्याएको जनताले यही देख्नको लागि हो त ? देश बनाउन खोज्नेलाई कार्वाही र अपराधी उम्काउन खोज्ने ओली सरकार होस गर, तिमीहरुको हिजोको कालाकर्तुत एक एक गरी जनताले निकाल्ने दिन आउँदैछ । काँग्रेस पनि कनिकुथि आरजुलाई जोगाउने र कुलमान घिसिङलाई झुठो मुद्दा लगाउन पूर्व डि.आ.इ. जी. रमेश खरेललाई प्रयोग गरी अख्तियारमा उजुरी गरेर दुनियाँ हसाउँने बाघचाल खेल्ने प्रधानमन्त्री ओलीको चलाखीलाई सत्ता साझेदारी काँग्रेस र त्यसको नेतृत्व गर्ने शेर बहादुर देउवाले के सोचेका होलान् ? जनताले पल पलमा निहालिरहेको वर्तमान नेपालको अवस्था भोली बंगलादेशबाट सेनाको साथ नपाएर भागेकी सेख हसिनाको हविगत वर्तमान सरकार र काला अपराधहरु गर्ने अपराधीहरुले नेपाल र नेपालीलाई बचाउने नेपाली आमाका सन्तानहरुको आन्दोलनबाट नराम्रो परिणाम भोग्नुपर्ने अवस्था सिर्जना हुन अब समय लाग्ने छैन भन्ने थाहा हुँदाहुँदै दिन प्रतिदिन अपराध कर्म गर्न र अपराधी र भष्ट्राचारीहरुलाई जोगाउन किन दत्तचित्त भएर लाग्दैछ काँग्रेस एमालेको गठजोर सरकार जनतालाई जवाफ दिनु जरुरी छ । 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार