मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

खेल जगत
रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

Thearaniko Times 1402+ समाचार ( )
२१ असार २०८३, आइतबार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले ऊर्जा पेय रेड बुलसँग तीन वर्षे मुख्य प्रायोजन सम्झौता गरेको छ।

सम्झौताअनुसार रेड बुलले आगामी तीन वर्षसम्म टोलीको मुख्य प्रायोजकका रूपमा साथ दिनेछ। सुदूरपश्चिम रोयल्स एनपीएलका लोकप्रिय टोलीमध्ये एक मानिन्छ, जसको समर्थक आधार पनि उल्लेख्य रहेको छ।

टोलीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले विश्वव्यापी पहिचान बनाएको ब्रान्ड रेड बुलसँग सहकार्य हुनुलाई टोलीका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार यो साझेदारीले क्लबको व्यावसायिक विकासलाई गति दिनुका साथै नेपाली क्रिकेटको प्रवर्द्धनमा पनि सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

रेड बुलको नेपालका लागि आधिकारिक वितरक सारस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन र ठूलो समर्थक आधारका कारण विशेष पहिचान बनाएको उल्लेख गर्दै टोलीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

उनले रेड बुल र सुदूरपश्चिम रोयल्स दुवैको साझा लक्ष्य ऊर्जा, उत्साह र उत्कृष्टतालाई प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै यस सहकार्यले टोलीको खेल यात्रासँगै खेलकुद बजारको विकासमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

दुवै पक्षले यो साझेदारीबाट नेपाली क्रिकेटको व्यावसायिकीकरण, खेलकुद मार्केटिङको विस्तार तथा एनपीएलको ब्रान्ड मूल्य अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार