मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

समाज/राजनीति/जनजाति
भक्तपुरमा नेपाल मगर संघ बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न

Thearaniko Times 1398+ समाचार ( )
२० पौष २०८२, आइतबार

भक्तपुर । नेपाल मगर संघ बागमती (नेवा–ताम्सालीङ) प्रदेशको तेस्रो प्रदेश अधिवेशन शनिबार भक्तपुर जिल्लाको पुरानो ठिमीमा सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनबाट खेमराज जर्गा मगरको अध्यक्षतामा ३५ सदस्यीय नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा भद्री माया मगर, देवबहादुर राना मगर र इश्वर पल्ली मगर निर्विरोध चयन भएका छन् । सचिव पदमा रामकृष्ण थापा मगर पुनः चयन भएका छन् भने सह–सचिवमा तिब्बत दर्लामी मगर, रामचन्द्र थापा मगर, मोहन थापा मगर, महेन्द्र थापा मगर र कविता थापा मगर निर्वाचित भएका छन् । कोषाध्यक्षमा उदयबहादुर थापा मगर र सह–कोषाध्यक्षमा देउकुमारी मगर चयन भएका हुन् ।

प्रदेशभित्र रहेका प्रत्येक जिल्लाबाट दुई–दुई जनाको प्रतिनिधित्व रहने गरी पदाधिकारीसहित ३५ सदस्यीय कार्यसमिति गठन गरिएको संघले जनाएको छ । अधिवेशनले लेखा समिति र निर्वाचन समितिसमेत गठन गरेको छ ।

अधिवेशन उद्घाटन सत्र नेपाल मगर संघ बागमती प्रदेशका अध्यक्ष मिलन थापा मगरको अध्यक्षतामा तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्रबहादुर पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष पुन मगरले मगर समुदायको ऐतिहासिक पृष्ठभूमि, मगर राज्यको विकास र त्यसपछिको अवस्थाबारे चर्चा गर्दै समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले मगरहरूले सक्रिय रूपमा राजनीति गर्नुपर्ने तर दलगत विभाजनले समुदाय कमजोर नबनाओस् भन्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा संघका सह–अध्यक्ष गङ्गा बहादुर थापा मगरले अधिकार प्राप्तिका लागि देश तथा विदेशमा रहेका मगरहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।

प्रदेश सचिव रामकृष्ण थापा मगरले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष सुरेन्द्र थापा मगरले स्वागत मन्तव्य राखेका थिए । अधिवेशनमा प्रदेश अध्यक्ष मिलन थापा मगरले प्रगति प्रतिवेदन, सचिव रामकृष्ण थापा मगरले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष मोहन थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत सबै प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएको थियो ।

कार्यक्रममा नेपाल मगर संघका उपाध्यक्ष तथा बागमती प्रदेश निरीक्षक रक्षा बहादुर रैका मगर, प्रदेश इञ्चार्ज एकु थापा मगरलगायत केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार