मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

खानपानमा ध्यान दिनसके सुगर, मुटु र डिप्रेशनबाट बच्न सकिन्छ–डा.वशंवदाम्बा कौण्डिन्न्यायनी

Thearaniko Times 1398+ समाचार ( )
२० चैत्र २०७९, सोमबार

काभ्रे । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेले जिल्लामा कृयाशिल पत्रकारहरुसँग छलफल तथा अभिमुखिकरण सम्पन्न गरेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले जिल्ला प्रदेश स्तरीय आयुर्वेद अस्पताल बनाउन नगरको तर्फबाट जग्गा उपलब्ध गराइ सकेको जानकारी दिनुभयो । नगरप्रमुख शाक्यले आयुर्वेद अस्पताल निर्माणका लागि बनेपा वडा नम्बर ६ मा सार्वजनिक जग्गा उपलव्ध गराउने निर्णय भईसकेको र नापी नक्सा समेत भएको र तर के समस्याले काम अगाडि बढ्न सकेन यसबारे सञ्चारजगत्ले चासो राखी खोजी गर्न अनुरोध गर्नुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ केन्द्र बनेपा काभ्रेका प्रमुख डा. वशंवदाम्बा कौण्डिन्न्यायनीले पछिल्लो समय आयुर्वेदीक चिकित्सा विज्ञानको महत्व बढ्दै गएको जानकारी दिनुभयो । डा. कौण्डिन्न्यायनीले स्वस्थ्य जीवनको लागि विशेष खानपानमा ध्यान दिनुपर्ने कुरामा जोडदिनुभयो । उहाँले भन्नुभयो–मानिसले आजको समयमा खानपिनलाई ध्यान दिन नसकेको र तेलिय पदार्थले मानव स्वास्थ्यमा असर गरेको बताउनु भयो । ५ प्रकारका अखाद्यबारे जानकारी दिनुहुँदै बजारमा पाईने जति पनि खाद्य सामाग्री छन््, ती सबै खान योग्य नभएको डा. कौण्डिन्न्यायनीले बताउनुभयो । डा. कौण्डिन्न्यायनीले डाल्दा ध्यू, स्वयाविन र सनफ्लावरको तेल खान योग्य नभएको, प्रशोधित तेल, मैदा र आयोनुन पनि कम प्रयोग गर्न सुझाव दिनुभयो ।

बनेपा नगरपालिका वडा नम्बर ५ स्थित कार्यालयमा आयोजना गरिएको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाले जिल्ला आयुर्वेदले पत्रकारहरुसँगको अन्र्तक्रियाले आयुर्वेद स्वास्थको विषयमा जनचेतना फैलाउन सहजिकरण हुने बताउनु भएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको गतिविधिबारे रमेशप्रसाद पनेरुले जानकारी दिनभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार