मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

सरला श्रेष्ठको नयाँ गीतको रेकर्डिङ सम्पन्न

Thearaniko Times 1369+ समाचार ( )
१३ चैत्र २०७९, सोमबार

काठमाडौं/ आफुलाई माया गर्ने आफ्ना प्रिय आफन्तहरुको संझनामा लेखिएको गीतको भर्खरै रेकर्डिङ सम्पन्न भएको छ । गीतकार, कवयित्री तथा समाजसेवी सरला श्रेष्ठको शब्द, संगीतकार राजेश थापाको संगीत र मिलन नेवारको स्वरमा रेकर्ड भएको गीतको एरेन्ज चाँद सिँह ले गर्नुभएको हो भने रेकर्डिङ म्युजिक एण्ड भ्वाईस स्टूडियो नक्सालमा एस बि मुश्कानले गर्नुभएको हो ।

गीतकार, कवयित्री तथा समाजसेवी श्रेष्ठ जो लामो समयदेखि अमेरिकाको पेन्सलभेनिया राज्यमा बसोबास गर्दै आउनुभएको छ । पेशागत रुपमा मेडिकल क्षेत्रमा कृयाशिल श्रेष्ठ भन्नुहुन्छ–‘यो गीतलाई जसरी हेर्दा पनि हुन्छ । आफन्तको याद, मायाप्रिती, रोमान्टिक भाव जसरी पनि लिन सकिन्छ । म आफ्ना आफन्तबाट टाढा छु । तथापि विभिन्न माध्यम मार्फत उहाँहरुसँग भेटिरहेको हुन्छु । उहाँहरुलाई नसम्झेको कुनै पल हुँदैन कुनै क्षण हुँदैन, म भावनामै भएपनि हरपल हर घडीमा उहाँहरुलाई याद गरिरहेको हुन्छु भेटिरहेको हुन्छु, संझिरहेको हुन्छु । गीतकार श्रेष्ठ अगाडि भन्नुहुन्छ– आफुले लेखेका यस्ता रचनालाई संगीतकारले संगीत भरिदिंदा अनि गायक गायीकाहरुले स्वर दिंदा आफुलाई जीवन्त पाउँछु , गर्वको महशुस हुन्छ । त्यसैले उहाँहरु सबै धन्यवादका पात्र हुनुहुन्छ । संगीतकार राजेश थापा भन्नुहुन्छ-गीतकार दिदीसङ्गको चौथो सहकार्य हो यो मेरो । यस अघि पनि उहाँको रचना र मेरो सङ्गीतमा अन्जु पन्त, मिलन नेवार र राज सिग्देलको आवाजमा गीतहरु रेकर्ड भैसकेका छन् । एउटा मेलोडियस सिर्जना रेकर्ड भएको छ । सुगम सङ्गीतका पारखी श्रोता दर्शकको निम्ति राम्रो स्तरिय खुराक हुनसक्छ ।’ यो गीत गीतकार सरला श्रेष्ठको आफ्नो यूट्युव च्यानल एस. एस. क्रियशनमार्फत छिटै सार्वजनिक हुने तयारीमा रहेको छ । गीतको स्थायी दुई हरफ यस प्रकार छ -

तिमीलाई नसम्झेको कुनै क्षण हुँदैन तिमीसंग नरहेको कुनै पल हुँदैन

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार