मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

काभ्रेली चेली वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

Thearaniko Times 1398+ समाचार ( )
१० चैत्र २०७९, शुक्रबार

काठमाडौँ / रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक वरिष्ठ सञ्चारकर्मी तथा काभ्रेली चेली कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीय ताम्राकारको निमोनियाको उपचारका सिलसिलामा बिहीबार राति निधन भएको परिवारले बताएको छ ।

बनेपामा जन्मिएकी ताम्राकार नेपाली भाषालाई असाध्यै माया गर्ने सञ्चारकर्मी मानिन्थिन् । २०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै ‘नासो’, ‘हाम्रो देशको माटो’, ‘हाम्रो वन हाम्रो जीवन’ लगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् । ‘वातावरण’ कार्यक्रम चलाएबापत उनले सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड पाएकी थिइन् ।

उनी पछिल्लो समय ईमेज एफएम ९७।९ मा उज्यालो नामको कार्यक्रम सञ्चालन गर्दै आएको ईमेज एफएमले जनाएको छ । उनी चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा पनि सक्रिय रहेकी थिइन् ।

थप जानकारीको लागि -https://www.youtube.com/watch?v=HGMHnHyTcUs&t=8s

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार