मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

नारी जागरणको २४ औं वार्षिक साधारणसभा सम्पन्न

Thearaniko Times 1398+ समाचार ( )
८ अशोज २०७९, शनिबार

 राममाया सुवाल

नाला/नारी जागरण बचत तथा ऋण सहकारी संस्था लि. को २४ औँ साधारणसभा आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । बनेपा नपा-४ नाला, शेरामा रहेको नारी जागरण सहकारी संस्थामा १४२५ जना सदस्य रहेका छन् भने बाल सदस्य ८ सय २५ रहेका छन् । महिला मात्र सदस्य बन्न पाउने यस संस्थाको शेयर पूँजी १ करोड ३० लाख ८४ हजार २०० रहेको छ भने संस्थाको कूल सम्पत्ति ११ करोड १३ लाख ९१ हजार रहेको छ । निक्षेप संकलन ८ करोड ९२  लाख ८२ हजार र ऋण लगानी १० करोड १८ लाख ८७ हजार रहेको छ।

२४ औँ वार्षिक साधारणसभाका अवसरमा स्थानिय सामाजिक एवम् राजनीतिक अभियन्ता, महिला अभियन्तालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य दिँदै नारी चेतना केन्द्रका संस्थापक अध्यक्ष प्रतिभा सुवेदीले कुनैपनि संघ संस्थाको चहलपहल नभएको अवस्थामा जाँड रक्सी विरूद्धको आन्दोलन गर्दै सुरू भएको सानो समुहले प्रोढ कक्षा, सिलाई बुनाई कार्यक्रम तथा बाख्रापालन जस्ता आयमूलक पक्षमा पनि विभिन्न कार्यहरू विस्तार गर्दै आएको थियो । संस्थापक अध्यक्ष सुवेदीले महिलालाई सवल र सक्षम बनाउनको लागि बचत गर्नु आवश्यक भएको महसुस गर्दै आफ्नो समूहबाट बचत गर्न सुरू गरेको यस महिला जागरण समूहबाट स्तरोन्नति भएर २०५५ सालमा नारी जागरण बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको बताउनुभयो।

डाइनामिक साकोसका अध्यक्ष माधव सिग्देल, जिल्ला बचत संघका रमेश प्रसाद न्यौपाने, बुडोल सामुदायिकका जयराम थापा, बनेपा नपा-३ का रमेश दाहाल लगायतका वक्ताहरुले सहकारी संस्थाका समस्या र चुनौती बारे मन्तव्य राख्नुभएको थियो।

संस्थाका अध्यक्ष देवकी दाहालको सभापतित्व र उपाध्यक्ष सिता दाहालले स्वागत मन्तव्य राख्नु भएको

कार्यक्रममा नवदुलही ६ जोडी, जेष्ठ नागरिक १४ जना र जन्मेको दिन बचत गर्ने १६ जना सम्मानित भएका थिए। संस्थाको गतिविधिबारे पुर्व अध्यक्ष निर्मला श्रेष्ठले प्रकाश पार्नु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार