मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


भ्रष्टाचार विरुद्धको लडाईंमा जनयुद्धमा जस्तै तपाईंहरुको साथ चाहिएको छः प्रधानमन्त्री

Thearaniko Times 1369+ समाचार ( )
२६ वैशाख २०८०, मङ्गलबार

काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउनुभएको छ ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले भ्रष्टाचार विरुद्धको लडाईमा हिजो जनयुद्धमा जस्तै जनताको साथ पार्टी र आफूलाई चाहिएको बताउनुभएको छ । काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘त्यसमा पनि तपाईंहरुको हिजोको जस्तो साथ सहयोग आवश्यक छ । म तपाईहरुसँग अपील गर्न चाहन्छु ।’


उहाँले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो । तिनिहरुलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यही हो । सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकरात रुप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’

प्रधानमन्त्री दाहालले सबैको साथ र सहयोगसहितको प्रतिवद्धता भए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आएको बताउँदै आशन्न भारत भ्रमणमा बिद्युत् बिक्री र उत्पादनका विषयहरुमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको बताउनुभयो । यो सबै नेपालीका निम्ति खुसी र गर्वको कुरा भएको उहाँको भनाई थियो ।


‘जुनजुन प्रदेश हिजोको राज्यबाट पछाडि पारिएको थियो, म तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु । म प्रधानमन्त्री भएपछि सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पा¥यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु । काठमाडौं वरिपरि नै भएपनि हिजोको राज्यसत्ताले पछाडि पारेका क्षेत्रहरु अर्थात पालिकाहरुलाई विकासमा अगाडि ल्याउने हाम्रो प्रतिवद्धता छ । त्यहि प्रतिवद्धता अन्तर्गत नै अबका ५ वर्षमा यो क्षेत्रमा भएको विकास निर्माणले पर्यटकहरु ओहिरिने छन् । हिजोको राज्यले काठमाडौंको यति नजिकै भएर पनि यहाँका नागरिकलाई विकासबाट बञ्चित गरायो । यहाँका नागरिकले कुनै पनि सुविधा पाएनन् । त्यहि असुविधा र विभेद, अपमान र अन्याय विरुद्ध तपाईंहरु क्रान्तिमा लाग्नुभयो । यी क्षेत्र क्रान्तिका आधार इलाका बने । महाभारत र खानीखोला जस्ता विकट गाउँहरुले क्रान्ति र परिवर्तनको निम्ति ठूलो भूमिका खेलेको क्षेत्र भएको नाताले गणतन्त्रको घोषणापछि सबैभन्दो छिटो विकास र सुबिधा पाउने अधिकार यही क्षेत्रको हो । यो क्षेत्रमा तपाईहरुले पनि आफ्ना विकासप्रेमी जनप्रतिनिधिलाई जिताउनुभयो र मैले पनि यहाँको विकास र निर्माणलाई उच्च प्राथमिकता दिएँ । त्यसैको परिणाम म धेरै पटक आएँ ।’

प्रधानमन्त्री प्रचण्ड नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको उद्घाटन तथा पिंगथली, रजवास, भुमिचुली, बुढाखानी, देवीटार कालोपत्रे सडकको शिलान्यास गर्न काभ्रेको विकट महाभारत गाउँपालिका–५ स्थित बुढाखानीमा पुगेका हुन् ।

सेनाको हेलिकप्टरमार्फत महाभारत पुगेका प्रचण्डलाई स्थानीय र विद्यार्थीले भव्य स्वागत गरेका थिए । प्रधानमन्त्री प्रचण्डले बत्तीको स्वीच अन गरेपछि कार्यक्रमस्थलमा फिट गरेको बत्तीसँगै स्थानीयको घरघरमा जडान गरेका बत्ती एकैपटक बलेका थिए ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार उज्यालो नेपाल अभियानअन्तर्गत पहिलो चरणमा महाभारत गापा–३, ४ र ५ का गरी १ हजार १ घरधुरीमा बत्ती बालिएको छ ।

अध्यक्ष जिम्बाले महाभारतमा ३ हजार ३ सय घरधुरीमध्ये २ हजार २ सय घरधुरीमा दोस्रो चरणमा बत्ती बाल्ने बताए । ती बाँकी वडासमेत अहिले मिटर बक्स जडान भइरहेको पालिका प्रमुख जिम्बाले बताए ।

कार्यक्रममा पूर्व मन्त्री सूर्यमान दोङ, बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, पूर्व खेलकुद विकासमन्त्री रत्न ढकाल, प्रदेश सांसद रुकु चौलागाई, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ लगायता उपस्थित छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार